8th April | 2020 | Wednesday | 10:34:14 AM

कोरोनाको त्रासले स्थगित इसईई

बिनु लुईंटेल   POSTED ON : चैत्र ७, २०७६ (१२:३२ PM)

कोरोनाको त्रासले स्थगित इसईई

सुन्दर र सुनौलो भविष्यको परिकल्पनाका साथ आफ्नो सफलतको एक सिँढी माथि उकास्ने कार्यको सहयोगी फड्कोका रूपमा विद्यार्थीले फलामे ढोका मानेर एसईईको परीक्षाको तयारी गरेका हुन्छन् । यसवर्ष पनि एसईईको तयारी गरेर घरदेखि हिउँ छिचोल्दै, पहाड उक्लिँदै आफ्नो परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरूले अन्ततः परीक्षामा सामेल हुनै पाएनन् । चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षाको अघिल्लो दिन सरकारले विश्वभरि आतंक फैलाएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न सतर्कता अपनाउनुपर्ने भन्दै उक्त परीक्षा अनिश्चित कालका लागि स्थगित ग¥यो । यसले गर्दा विद्यार्थीहरू आआफ्नो घर फर्किन बाध्य भए र नजिककाहरू फर्किसकेका छन् । 

सरकारले गरेको यो निर्णय उचित हो तर यो निर्यण गर्न ढिलो भयो । केही दिन पहिल्यै यो निर्णय गरेको भए विद्यार्थीहरूले अलिक राहतको महसुस गर्ने थिए । उनीहरूले आफ्नो परीक्षा केन्द्रमा डेरा खोजेर बसिसकेपछि र परीक्षाको सन्मुखमा आएर निर्णय गरिनाले उनीहरूको मानसिकतामा नकारात्मक असर पर्न गएको छ । केही दिन पहिले यस्तो निर्णय गरिनुपथ्र्यो, आखिर सरकारलाई कोरोनाको विश्वव्यापी प्रभाव पहिलेदेखि नै थाहा नभएको होइन । 

एसईईमात्र नभएर सरकारले बढी भीडभाड हुने ठाउँहरू, स्कुल, कलेज, सिनेमा हललगायतका स्थानसमेत बन्द गर्ने निर्णय गरिसकेको छ । विश्वका शक्तिशाली देशहरूले निरन्तर प्रयास गर्दा पनि अझै नियन्त्रण गर्न नसकेको कोरोना भाइरस नेपालमा भित्रिन नदिन र सबैलाई सचेत रहन सरकारले विभिन्न सावधानी अपनाउँदै आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । 

तर, नेपालमा हालसम्म कोरोना संक्रमण एकजनामा देखिएको र त्यो पनि उपचारपछि निको भएको बताइएको छ । त्यसभन्दा बाहेक नेपालमा हालसम्म कोरोना संक्रमण नभएको पुष्टि हँुदै आएको छ । तर, मानिसमा यतिखेर कोरोनाको प्रभाव मजाले देखिन थालेको छ । सधैँ सवारीसाधनले अस्तव्यस्त हुने काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन अगिपछिको भन्दा कम देखिन थालेका छन् । सधँै भरिभराउ हुने बजार सुनसानजस्तै देखिन्छन् भने कोरोनाको त्रासले मानिसहरू घरभित्रै बस्न थालिसकेका छन् । 

अहिले उपत्यकामा बिहानीपख बसपार्क क्षेत्रमा पुग्ने हो भने दशैं तिहारमा जस्तै घर फर्किन मानिसहरू तयार भएर बसेका देखिन्छन् । बढ्दो महंगी, कालोबजारीले तातिएको बजारमा कोरोनाको त्रास थपिएपछि धमाधम शहर छोडेर सुरक्षित रहने आशामा राजधानीमा बसोवास गर्दै आएका मानिसहरू गाउँ फर्किन थालेका छन् । गएको तीन दिनदेखि दैनिक १ लाखभन्दा धेरै मानिस उपत्यका छोडेर गाउँ फर्किन थालेका हुन् ।

पर्यटन वर्ष २०२० को सुरुवातमै यसको प्रभाव देखिन थालेपछि देशको अर्थतन्त्रदेखि लिएर हरेक ठाउँमा यसले नकारात्मक असर देखाएको छ । चीनको हुबेई प्रदेशको वुहान शहरमा पहिलोपटक देखिएको नोबेल कोरोना भाइरसको प्रकोप सन् २०१९ को मध्यडिसेम्बरमा देखिएको थियो । यसको प्रभाव नेपालको विकास निर्माणमा समेत देखा पर्न थालेको छ । हालसम्म दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ  भने अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन । मानिसको जमघट नै गर्नु नहुने भएपछि सबै प्रकारका सहकार्य प्रभावित हुनु स्वाभाविक हो । जब, मानवीय सहकार्य नै हुन नसक्ने अवस्था आइपरेको छ हरेक प्रकारका उत्पादनमूलक कार्यमा पनि असर पर्ने नै भयो । 

अहिले विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी रहेको बताएसँगै नेपालमा पनि त्यसको तयारी थालिएको छ । यस भाइरसबाट धेरैको मृत्यु भइसकेको र लाखांैको संख्यामा संक्रमित भएर मृत्युसँग जुधिरहेका छन् । कोरोना भाइरस संक्रमणका कारण विश्वभरि २ लाख १८ हजारभन्दा धेरै संक्रमित भइससकेको अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले संकलन गरेको तथ्यांकमा उल्लेखसमेत गरेको छ । विश्वभरिबाट कोरोना भाइरसका कारण हालसम्म ८ हजार ८ सय १० जनाले ज्यान गुमाइसकेका छन् भने कोरोना संक्रमणको त्रासले विद्यालय बन्द हुँदा विश्वभरका ३० करोड बालबालिका यतिखेर विद्यालय जानबाट बञ्चित भएका छन् । 

विश्वका विभिन्न देशमा फैलँदो क्रममा रहेको यो भाइरस यदि नेपालमा फैलिए भयावह अवस्था आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन थालिएको हो । आवश्यक पर्ने स्रोत र सामग्रीहरू सबै अस्पतालमा पु¥याउनका लागि सरकारले काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठको भनाइ छ । उनका अनुसार यो समय लुटेर कमाउनेभन्दा पनि एकअर्कामा जुटेर आआफ्नो ठाउँबाट सहयोग गर्दै यो विपत्तिको सामाना गर्नुपर्ने अवस्था रहेको छ । आवश्यक परेका खण्डमा विभिन्न व्यक्तिहरूले आफ्नो घरलाई नै होम क्वारेण्टाइन स्थलका रूपमा प्रयोग गर्न दिन सक्ने कुरा गर्दै आएका पनि छन् । 

अहिले सरकारले विभिन्न स्थानलाई समेत होम क्वारेण्टाइन र आइसोलेसन स्थलका रूपमा प्रयोग गर्ने तयारी थालेको छ । कुनै पनि कोरोना संक्रमण भएको क्षेत्रबाट आएको व्यक्ति होम क्वारेण्टाइनमा रहन सरकारले आग्रह गर्दै आएको छ । यस्ता क्षेत्रबाट आएको व्यक्ति परिवार, समाजको दूरीबाट टाढै रहेर विशेष सावधानी अपनाएर बस्छ भने त्यसलाई होम क्वारेण्टाइन भन्ने गरिएको छ । होम क्वारेण्टाइनमा बस्ने व्यक्तिले परिवारका अन्य सदस्यहरूले प्रयोग गर्ने सामग्री प्रयोग गर्नुहुँदैन भने क्वारेण्टाइनमा बसेका व्यक्तिले प्रयोग गरेका सामग्री अन्य सदस्यहरूले समेत प्रयोग गर्नुहुँदैन । 

मोबाइल, टिभीको रिमोर्ट पनि सकेसम्म एकअर्कामा साटासाट गर्नुहुँदैन भने शौचालयसमेत फरक प्रयोग गर्नुपर्ने हुन्छ । कसैलाई कोरोना संक्रमणको कुनै पनि लक्षण देखिएमा आइसोलेसनमा राखेर उपचार अगाडि बढाउने गरिएको छ । संक्रमण भएको शंका लागेका व्यक्तिहरूको ¥यालको नमुना संकलन गरी कोभिड १९ को परीक्षण गरिन्छ र रिपोर्ट नआउँदा र यदि पोजेटिभ आएमा उपचार गरेर राखिने ठाउँ आइसोलेसन वार्ड हो भने यो वार्डमा पूर्णरूपमा अन्य व्यक्तिको पहुँच हुनुहुँदैन । टेकु अस्पतालमा हालसम्म पाँचवटा आइसोलेसन वार्ड रहेका छन् । उक्त वार्डमा हालसम्म ४३ जनालाई आइसोलेसनमा राखेर परीक्षण गरिसकेको छ भने कसैलाई पनि कोरोना नभएको पुष्टि भएको छ । 

कोरोनाबाट बच्नको लागि आफैँले सावधानी अपनाउनु उत्तिकै जरुरी रहेको छ । भरतपुरमा ७२ घण्टाभित्रै स्थायी अस्पताल बनाइएको छ भने अन्य स्थानमा पनि सरकारले आवश्य व्यवस्थापन गरिरहेको छ । तर, हामी आफैँले भने कोरोनाको संक्रमण हुनबाट जोगिनका लागि साबुनपानीले हात धुने, जो पायो त्योसँग जथाभावी हात नमिलाउने, जथाभावी छोएका हात, आँखा, मुखमा नलाने र रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने जस्ता उपाय अपनाउन सकिन्छ । 


Views: 188