8th April | 2020 | Wednesday | 10:06:44 AM

कोरोनाको कहरमा रेमिट्यान्स

निनाम कुलुङ ‘मंगले’   POSTED ON : चैत्र १०, २०७६ (१०:२७ AM)

कोरोनाको कहरमा रेमिट्यान्स

विगत केही वर्षदेखि नेपालको समग्र अर्थतन्त्रमा विप्रेषण अर्थात् रेमिट्यान्सले ठूलो भरथेग गरेको देखिन्छ । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको र नेपाल भित्रिएको रेमिट्यान्स आप्रवाहलाई हेर्दा यो कुरो प्रमाणित हुन्छ । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ को ७ महिना र आर्थिक वर्ष २०७६÷७७ को ७ महिनाको तुलना गर्दै निकालेको प्रतिवेदन वा अध्ययनअनुसार आर्थिक वर्ष २०७५÷७६ को ७ महिनाको तुलनामा र आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५÷७६ को ७ महिनामा ५ खर्ब ७९ अर्ब ९४ करोड विप्रेषण नेपाल भित्रिएको थियो भने, आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा ५ खर्ब १३ अर्ब २१ करोड विप्रेषण नेपाल भित्रिएको छ । हुन त यो तथ्यांकलाई अंकमै दाँजेर हेर्दा त्यति नराम्रो मान्नुपर्ने कारण छैन । त्यसो त आर्थिक वर्ष २०७६÷७७ मा लगातार अमेरिकी डलरको भाउ बढेकाले गर्दा पनि गत आर्थिक वर्षको ७ र चालु अर्थिक वर्षको ७ महिनाको अवधिमा लगभग ५३ अर्ब रुपैयाँ कम विपे्रषण आप्रवाह भएको भए तापनि ०.५ प्रतिशत रकमको मात्रै अन्तर भएको देखिएको हो । 

आर्थिक वर्ष २०७५÷७६ को ७ महिना र चालु आर्थिक वर्षको ७ महिनामा श्रम गर्न विदेश गएका नेपालीहरूको संख्याको आधारमा तुलना गरेर हेर्दा भने यो तथ्यांकलाई राम्रो भन्न सकिँदैन । किन भने, राष्ट्र बैंकले निकालेको आर्थिक वर्ष २०७५÷७६ को ७ महिनाको तुलनामा र आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा श्रम गर्न विदेश गएका नेपालीहरूको संख्या २१.७ ले बढेको देखिन्छ । 

तुलना गरेर हेर्दा नेपालमा कुन क्षेत्र, वर्ग, लिंग, जात वा समुदायका मान्छेहरूले विदेशमा गएर धेरै कमाइ गरी रेमिट्यान्स पठाइरहेका छन् ? यस सन्दर्भमा हेर्दा नेपालभित्र रेमिट्यान्स् भिœयाउनेमा सबैभन्दा धेरै मधेसी समुदायको योगदान रहेको देखिन्छ । नेपाल भित्रिने रेमिट्यान्स्को सम्पूर्ण अंशमा मधेसी समुदायले ३९.०७ प्रतिशतको योगदान गरेको देखिन्छ भने दलित समुदायको योगदान ३७.०२ प्रतिशत, आदिवासी जनजातिको ३४.०८ प्रतिशत, बाहुन क्षेत्रीलगायत खस आर्य समुदायको ३४.०६ प्रतिशत योगदान रहेको देखिन्छ । 

त्यसै यसरी विदेशमा गएर कमाइ गरी रेमिट्यान्स पठाउने समुदायहरूको गरिबीको रेखामुनिको प्रतिशत (दर) हेर्दा सबैभन्दा धेरै दलितको समुदायको गरिबी दर ४७ प्रतिशत रहेको देखिन्छ भने सबैभन्दा कम बाहुन क्षेत्रीलगायत खस आर्य समुदायको १९ प्रतिशत रहेको छ । त्यस्तै मधेसी समुदायको गरिबी दर २१ प्रतिशत रहेको छ भने उता आदिवासी जनजातिको उक्ते दर दोस्रो अर्थात् ४४ प्रतिशत रहेको छ । 

नेपालीहरूले कामदारको रूपमा विभिन्न देश गएर कमाइ गरी पैसा नेपाल पठाएको रकमको सन्दर्भमा अन्तर्राष्ट्रिय रूपमा हेर्दा सन् २०१४÷०१५ मा विश्व बैंकले निकालेको एक प्रतिवेदनअनुसार विदेशमा काम गर्ने नेपालीहरूले सन् २०१४÷०१५ मा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा २९.२ प्रतिशत रकम अर्थात् रेमिट्यान्स् आफ्नो देश (नेपाल) पठाएका थिए । यसरी सन् २०१४÷०१५ मा जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स् भिœयाउने पाँच देशमा नेपाल तेस्रो स्थानमा रहन सफल भएको थियो । पहिलोमा ताजिकिस्तान ४१.०७ प्रतिशत, दोस्रोमा किर्गिस्तान ३०.०३ प्रतिशत, तेस्रोमा नेपाल २९.०२ प्रतिशत, चौथोमा टोगा २७.०९ प्रतिशत र पाँचौंमा मोल्दोभा २६.०२ प्रतिशत रहेको थियो । 

विगत लामो समयदेखि हिमाल, पहाड, भित्रीमधेस, मधेस, पश्चिम, पूर्व, सहर, गाउँ, गरीब, मध्यम, धनी हरेक नेपालीको घर घरमा आर्थिक रूपमा भरथेग गर्ने एउटा मुख्य आधार वा माध्यम बन्दै गएको छ आप्mनो घरबाट वैदेशिक रोजगारमा गएका घरपरिवारका सदस्य र उसले कामएर पठाएको कमाइ अर्थात् रेमिट्यान्स । फरक यत्ति छ, मध्यम वर्ग र धनी वर्गका मानिसहरू कम्तिमा ४०÷४५ लाखदेखि ७०÷८० लाखसम्म दलाललाई तिरेर विभिन्न आवरणमा खासगरी धनी देश कमाइ राम्रो हुने देशमा जाने नेपालीहरू छन् । जो शरणार्थी, द्वन्द्वपीडित, भूकम्पपीडित आदिको आवरणमा जान्छन् । 

यस्ता देशहरूमा युरोप महादेशका विभिन्न देश र जापान, अमेरिकालगयात देशहरू रहेका छन् भने गरिब वर्गका मानिसहरू पनि कम्तीमा ९०÷९५ हजारदेखि १ लाख ४०÷५० हजारसम्म तिरेर मलेसिया, साउदी अरब, युनाइटेड अरब इमिरेटस् (युएई), कतार, कुवेत, बहराइन, ओमान आदि देश जाने गरेका छन् । हुन त कतिपयले अभैm पनि दुबई भन्नाले खाडीको कुनै अलग्गै देश हो भन्ने बुभ्mने गरेका छन् । युएईमा पाँचवटा संघ (इमिरेटस्) हरू रहेका छन् । जस्तै अबुधावी, दुबई, शारजहाः फुजेइराः र अलअइन । तिनै पाँच राज्य वा संघमध्ये एक हो ‘–दुबई ।’

रेमिट्यान्सको कुरो गर्दा केही समय यता वैदेशिक रोजगारीको क्षेत्रमा अनेक खाले चुनौती र विकृतिको चाङले घेरिन पुगेको देखिन्छ । हुन पनि हालसम्म नेपालका कुनाकाप्चासम्म वैदेशिक रोजगारले जसोतसो घरपरिवार धानेको देखिन्छ । वैदेशिक रोगारमा गएका घरपरिवारका एक वा दुई सदस्यले घर धानेको देखिन्छ । खासगरी राम्रो कमाइ हुने र वचत गर्न सक्नेले घरघडेरीसम्म जोडेको पनि देखिन्छ । 

समग्र वैदेशिक रोजगारीका बारेमा विभिन्न तथ्य तथ्यांकलाई आधार मानेर भन्नु पर्दा नकारात्मकभन्दा सकारात्मक पाटो नै धेरै छ भन्न सकिन्छ । नेपालीहरूले कामदारको रूपमा विभिन्न देश गएर कमाई गरी पैसा पठाएको रकमको सन्दर्भमा भन्नु पर्दा अन्तर्राष्ट्रिय रूपमा हेर्दा सन् २०१४÷०१५ मा विश्व बैंकले निकालेको एक प्रतिवेदनअनुसार विदेशमा काम गर्ने नेपालीहरूले सन् २०१४÷०१५ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा २९.२ प्रतिशत रकम अर्थात् रेमिट्यान्स् आफ्नो देशमा पठाएका थिए । 

यसरी सन् २०१४÷०१५ मा जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स् भिœयाउने पाँच देशमा नेपाल तेस्रो स्थानमा रहेको थियो । विश्व बैंकको प्रतिवेदनबमोजिम पहिलोमा ताजिकिस्तान ४१.०७ प्रतिशत, दोस्रोमा किर्गिस्तान ३०.०३ प्रतिशत, तेस्रोमा नेपाल २९.०२ प्रतिशत, चौथोमा टोगा २७.०९ प्रतिशत र पाँचौंमा मोल्दोभा २६.०२ प्रतिशत रहेको थियो । 

स्मरणीय के छ भने २०१४÷०१५ मा यसरी जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स् भिœयाउने पाँच देशहरूमा ताजिकिस्तान, किर्गिस्तान र मोल्दोभा पूर्वसोभियत संघसम्वद्ध देशहरू हुन् । खासमा नेपालमा केही समय यता वैदेशिक रोजगारीको क्षेत्रमा गएका नेपाली कामदारहरूले कमाएर पठाउने रेमिट्यान्स् दर घट्ने बढ्ने भइरहेको देखिन्छ । जस्तो गत भदौताका आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आर्थिक वर्ष २०७६÷७७ को भदौ महिनासम्म नेपाल भित्रिएको रेमिट्यान्स दर लगभग १७ प्रतिशतले बढेको थियो भने हालै मंसिरको पहिलो हप्तामा प्रकाशित तथ्यांकअनुसार भने नेपाल भित्रिएको रेमिट्यान्स् दर लगभग ६ प्रतिशतले घटेको छ । 

सन् २०१९ को डिसेम्बर अन्तिमा चीनको हुवेई प्रान्तको राजधानी वुहान सहरबाट सुरु भएको नोबेल कोरोनाभाइरस (कोभिड–१९) हाल विश्वको १ सय ६२ भन्दा बढी देशमा पैmलिएको र पैmलने क्रम जारी नै रहेको छ । यही नोबेल कोरोनाभाइरस (कोभिड–१९) कै कारण ५ हजार ४ सयभन्दा बढीले ज्यानसमेत गुमाइसकेको कारण दर्शाउँदै विभिन्न देशले आप्mनो देशमा हवाइलगायत अन्य यातायातलाई अस्थायी रूपमा प्रतिबन्ध नै लगाउन थालेका छन् । तिनले सीमा नाकासमेत अनिश्चितकालका लागि बन्द गरेका छन् । 

हालै नेपाल सरकारले पनि विश्वका नोबेल कोरोनाभाइरस प्रभावित ५५ देशका नागरिकलाई नेपाल प्रवेशमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ भने केही देशले नेपालमा गर्दैआएको आप्mनो हवाइ उडानलाई अनिश्चितकालका लागि स्थगित गरी सकेका छन् । नेपालले पनि यहाँ सञ्चालित आन्तरिक तथा बाहृय सबै प्रकारका सेवाहरू बन्द गर्दै गएको छ । नेपालमा रहेका मानिस बाहिर जान पाएका छैनन् र बाहिरकाहरू नेपाल आउन पाएका छैनन् । 

विदेशमा बसेका नेपाली नागरिकहरू नेपाल आउन पाएका छैनन् । उनीहरू कमाउन गएका देशमा पनि कमाइ गरेर होइन त्यसै बसिरहनु परेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा चिनिएको रेमिट्यान्स् हाल ठप्प छ । आन्तरिक रूपमा पनि कुनै पनि उद्योग व्यवसायहरू चलेका छैनन् ठप्प छन् । यस्तो अवस्थामा देश आर्थिक रूपमा थलापर्ने निश्चित छ । अर्थतन्त्रको मूलका रूपमा रहेको रेमिट्यान्स् पनि बन्दजस्तै भएको कारण आर्थिक जीवन धर्मराएको छ । रेमिटेन्सले पनि कोरोनाको कहर भोग्नु परेको छ । 


Views: 120