8th July | 2020 | Wednesday | 6:44:43 AM

जग तयार भयो

निनाम कुलुङ ‘मंगले’   POSTED ON : जेठ १६, २०७७ (९:५५ AM)

जग तयार भयो

आज विश्वभर राष्ट्रवादको नारा उर्लदो क्रममा छ । राष्ट्रवाद कै नारामा विश्वमा कयौं राजनीतिक दलको जन्म भएको छ, कयौं नेता उदाएका छन् । राष्ट्रवादकै नाराले कतिपय शासन व्यवस्था ढालेका छन् । राष्ट्रवादको नाराले कतिलाई सडकबाट सत्तामा पु¥याएको छ, कतिपय शासकका विरुद्ध राष्ट्रवादको नारा चर्काउँदा उनीहरू सत्ताबाट सडकमा पुगेका पनि छन् ।

धेरै देशका राजनीतिक दल र ती देशका केही नेताहरू राष्ट्रवादको त्यही हाँगो समातेर , नारा उछालेर सत्तामा पुगेका छन् भने केही नेताले आपूm सत्तामा पुग्ने भ¥याङ बनाएका छन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेभन्दा पार्टीको नीति वा घोषणापत्रलाई आफ्नो प्रमुख एजेन्डा बनाउन छाडेर राष्ट्रवादको हाँगो अर्थात् नारालाई अचूक अस्त्रको रुपमा प्रयोग गरी रहेका छन् । यो क्रम विश्वका विभिन्न मुलुकमा देखिएको छ । विश्व राजनीतिमा केही नेताले राष्ट्रवादको नारालाई प्रयोगमा ल्याईरहेका मात्रै होइन कि, अरु बढी मुखर रुपमा प्रकट गरिरहेको देखिन्छ । 

जस्तै बेलायत सरकार र त्यहाँका जनताको मत अर्थात्, युरोपियन युनियनबाट छुट्टिने निर्णय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूm अमेरिकाको राष्ट्रपतिमा चुनिएर आउने बित्तिकै लगाएको नारा ‘मेक ग्रेट अमेरिका’ र ‘अमेरिका फस्र्ट’ । उनले छिमेकी देश मेक्सिको र अमेरिका बीचको सीमामा पर्खाल लगाउने नारा उछाल्नु आदिलाई पनि केही उदाहरणको रुपमा लिन सकिन्छ । हुन पनि इतिहास हेर्ने÷पढ्ने हो भने, दोस्रो विश्वयुद्धको जग पनि राष्ट्रवादकै नारामा स्थापित पाइन्छ । किनभने विश्व इतिहासको पछिल्लो कडी हेर्ने हो भने जर्मन शासक हिटलर राष्ट्रवादको नारा उछालेरै सत्तामा पुगेका थिए । उनले राष्ट्रवादको नारामात्रै उछालेका थिएनन् कि, जर्मन (आर्य) श्रेष्ठताको नारा पनि उछालेका थिए ।

उनले खोलेको राजनीतिक दलको नाम ‘सोसलिष्ट’ राखेका थिए । त्यसैको बलमा सबै बाधा अड्चनहरू पन्छाउँदै उनी जर्मनीको सरकार प्रमुख बन्न सफल भएका थिए । उनी आपूm जर्मनीको सरकार प्रमुख भएको केही वर्षपछि नै दोस्रो विश्वयुद्ध सुरु गरे । परिणाम के भोगे ? उनले मात्र होइन, विश्वले नै त्यसको परिणाम लामो समयसम्म भोग्नु प¥यो । दोस्रो विश्वयुद्धको परिणाम विश्वले लामो समयसम्म चुकाउनु परिरहृयो । 

यसरी हेर्दा आज फेरि विश्वभर राष्ट्रवाद कै नारा फस्टाउँदो छ । हुन त केही देशहरूमा राष्ट्रवादको नारा केवल ‘राष्ट्रवाद’मा सीमित नरहेर ‘अति राष्ट्रवाद’ अर्थात ‘एक्स्ट्रिम नेसनलिज्म’ तिर जाने खतरा पनि देखिन्छ । जे होस्, हामी नेपालीहरू त राष्ट्रवादको मामलामा झन् के कम छौं र ¤ किनभने, एक ताका सारा विश्वमाझ गोरखालीका सन्तान भनी चिनिएका हामी नेपालीहरू ¤ त्यसैले हाम्रो देश नेपालमा ‘अकबरी सुन’ भन्दा पनि बढी (कसी लगाई रहन नपर्ने) एक–से–एक राष्ट्रवादी कमरेडहरूको कमी छैन । त्यसैले नेपालमा पनि घरिघरि राष्ट्रवादको नारा उठ्ने गर्छ ।

तर, हाम्रो देशको राष्ट्रवाद अहिलेसम्म टुंगोमा नपुग्दै सेलाउने गरेको देखिन्छ वा भनौं टुंगोमा नपुगी बेवारिसे बनेको देखिन्छ । अथवा यसो भनौं न ‘वर्तमान नेपाल सरकारका प्रमुख प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डलमा समानुपातिक समावेशीको सिद्धान्तअनुसार महिलाहरूको सहभागिता भएन भनी सम्झाउन–बुझाउन जाँदा नेतृहरूलाई उल्टै सम्झाउँदै ‘बढ्ता ट्याऊँ–ट्याऊँ गर्ने होइन’ भनेजस्तै हाम्रो राष्ट्रवाद पनि अहिलेसम्म ‘ट्याऊँ–ट्याऊँ’ राष्ट्रवादको रुपमा मात्रै सीमित थियो भन्न सकिन्छ ।

सम्भवतः विश्व–जगत रहेसम्म एक देशले अर्को देशको सीमा मिच्ने, विवादित सीमा क्षेत्रको भूमि आफ्नो भनी एक–अर्का देशले दावी गर्ने, एक देशले अर्को देशलाई हेप्ने क्रम चलिरहन्छ । र, त्यसका विरुद्ध आन्दोलन गर्ने र आफ्नो गुमेको भूमि फिर्ता गर्नका लागि विभिन्न माध्यमहरूबाट पहल गर्ने क्रम पनि चलिनै रहन्छ । तर, अधिकांश देशमा के देखिन्छ भने, आफ्नो देशको सीमा मिचिदा वा सीमा क्षेत्रको विवादित भूमि आफ्नो हो भनी दावी गर्नका लागि त्यहाँका सरकार वा सरकार प्रमुखहरू नै अघि सर्छन् । तर, हाम्रो देश नेपालमा नि ¤ हाम्रो देश नेपालमा भने यो मामिलामा अलि फरक परिदृष्य देखिने गरेको छ । खासगरी नेपालका जति सुकै राष्ट्रवादी भनिएको कुनै पनि राजनैतिक दल होस् वा ती राजनैतिक दलमा रहेका राष्ट्रवादी भनी चिनिने नेताहरू नै किन नहोस्, उनीहरूले नेपालको राष्ट्रवादलाई सत्तामा पुग्ने सबैभन्दा सजिलो भ¥याङको रुपमा मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । अर्थात्, सडकमा रहँदा राष्ट्रवादको एउटा नारा हुन्छ भने सत्तामा पुग्दा राष्ट्रवादकै नारा फेरिनेमात्र होइन, परिभाषा नै बेग्लै देख्न–सुन्न पाइन्छ ।

तर, यसपटक हाम्रो देशमा अचम्मै भएको छ । अचम्म यस अर्थमा कि राष्ट्रवादको मुद्दामा सबैजसो दल एकै ठाउँमा उभिएको देख्न पाइएको छ । यो एउटा सकारात्मक संकेत पनि हो । नेपालको पश्चिमी सरहद (नेपाल–भारत–चीनको सीमा क्षेत्र) मा रहेको कालापानी–लिपुलेकको केही विवादित (स्मरणीय छ, नेपाल भारत सीमा क्षेत्रको सुस्ता र कालापानी विवादित भूमि भनी दुवै देशले स्वीकार गरेको) भूमि नेपाल सरकारले आफ्नो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको÷छापेको छ । त्यसैले यो कामका लागि प्रधानमन्त्री केपी शर्मा ओली विशेष धन्यवादका पात्र हुनुहुन्छ । किनभने, विवादित भूमि भनेर दुवै देशले मान्दै आएको अवस्थामा भारतले एकतर्फी रुपमा उक्त भूमिलाई आफ्नो राजनीतिक नक्सामा समेट्नेकाम मात्र भएन, उक्त भूमिमै सडक बनाएर भारतले उद्घाटनसमेत ग¥यो । यस्तो अवस्थामा नेपालले आफ्नोतर्फबाट तत्काल प्रभावकारी कदम नचालेको भए प्रधानमन्त्री केपी ओलीलाई नै दोषको भागी बनाइन्थ्यो ।

निश्चय नै मैले यस्तो आशयको लेख लेखी रहँदा प्रधानमन्त्री ओलीको अतिशय प्रशंसा गरेको देख्नेहरू पनि हुने नै छन् । किनभने, नेपालका अधिकांश बुद्धिजिवी, विश्लेषक, सीमाविद, सीमाविज्ञ, विषयविज्ञ आदि भनिने र भनाईनेहरूले भनेभैंm नेपाल सरकारले आफ्नो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेकै भरमा भारतले ‘हिजोदेखि आजसम्म मैले तिम्रो भूमि अतिक्रमण गरेको थिएँ तर, आज तिमीले मेरो भूमि भनी दावी गरेर तिम्रो देशको नक्सामा समेत समेटेर नयाँ नक्सा छापेछौ, त्यसैले अबदेखि यो भूमि तिम्रो भयो, अब फिर्ता लैजाऊ’ भनेर सजिलोसँग फिर्ता दिँदैन ।

तर, आज हामीले नक्सासहित दावी गरेपछि तथ्य–प्रमाणसहितको एउटा आधार त खडा भयो÷भएको छ । जो अहिलेको हाम्रो पुस्ता (हामी छौं) ले सो भूमि तत्कालै फिर्ता गर्न नसके पनि हाम्रा भावी पुस्ताले तथ्य–प्रमाण र इतिहासको आधारमा दावी गर्ने छन् । फिर्ता लिन सक्ने छन् । त्यसका लागि हामी र हाम्रा भावी सन्ततिहरूमाझ एउटा बलियो आधार खडा भएको छ, जग तयार भएको छ । त्यसैले हामीले फेरि पनि एक पटक गर्व गर्नै पर्छ ।

अहिले कम्तिमा यो जग बसाउन सकेकोमा हामी सबै नेपालीहरूले गर्व गर्नैपर्छ । कसैलाई व्यक्तिगत रुपमा वर्तमान सरकारका प्रमुख केपी ओली मन पर्नु र नपर्नु, कम्युनिष्ट (कमाउनिष्ट) सरकार मन पर्नु र नपर्नुमा मात्रै हाम्रो सरोकार रहनु हुँदैन । राष्ट्रवाद आफूलाई आवश्यक पर्दामात्र लगाउने नारा बन्नु हुँदैन । राष्ट्रवाद राष्ट्रको बृहत्तर हितमा हुन्छ, देशको स्वाभिमानमा हुन्छ । त्यसैले त अहिलेको सीमा विवादका मामलामा चाहेर होस् या नचाहेर, सबै दल एकजुट भएका छन् ।


Views: 135