Date:2017/09/26 |Tuesday

भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

Posted on: July 17, 2017 | views: 51 |

पाकिस्तान(एजेन्सी) । विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको पाकिस्तानले आरोप लगाएको छ । 


पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पुर्याएको बताएको छ । 


पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा हत्या भएको बताइएको छ । पाकिस्तानी सेनाले भारतकातर्फबाट आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ । 


पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ ।  घटनाको पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले निन्दा गरेका छन् । 


साथै उनले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद दिएका छन् । 

यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं