Date:2017/08/22 |Tuesday

जोर्डन सीमानजिकै सिरियाली सैनिकको कब्जा

Posted on: August 10, 2017 | views: 30 |

दमासकस । सिरियाली सैनिकले जोर्डनको सिमानामा रहेको दक्षिणी स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिएको बिहीबार जानकारी दिएको छ । 

दक्षिण सिरियाको ग्रामीण इलाकामा रहेको स्वेइदा प्रान्तको एक इलाका सो नियन्त्रणमा लिइएको आधिकारीक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ । 

सिरियाली सुरक्षाबलले स्वेइदास्थित सवै सीमा इलाका र यहाँ रहेका प्रहरी चौकीहरु पनि कब्जा गरेको नाम नबताउने शर्तमा उक्त समाचार स्रोतले जानकारी दिएको छ । 

स्वेइदाको जोर्डनसँगको सीमा इलाकामा औपचारिक रुपमा सरकारको उपस्थिति रहेको थिएन । तर दक्षिणमा पर्ने दराआ क्षेत्रमा सीमा पार गर्नको लागि औपचारिकता पूरा गर्नुपर्ने प्रावधान रहेको छ । 

त्यसैकारण सिरियामा जारी युद्धको क्रममा देशको ग्रामीण क्षेत्रमा पर्ने स्वेइदा जोर्डन जाने गैरकानूनी बाटोको रुपमा प्रयोग हुदै आएको छ । 

सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको छ । 

आतङ्ककारी समूह इस्लामिस्क स्टेट्स (आइएस) र अल कायदा जस्ता समूह समेत हाल सिरियामा हाबी हुदै आएका छन् । यस आतङ्ककारी समूहले सिरियाका कैयौँ प्रान्त र इलाका कब्जा गरेका छन्. । 

यद्यपी यी मध्येका इलाकाहरुलाई कैयौँ स्थानमा नियन्त्रणमा लिन सिरियाली सैनिक सफल भएको छ । 

सन् २०११ बाट हालसम्म जारी यस द्वन्द्वमा सिरियामा ३ लाख २० हजार भन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका र लाखौँ आफ्नै देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन । रासस÷सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं