Date:2017/10/21 |Saturday

पाकिस्तानमा भएको बम विस्फोटमा ५ जनाकोे मृत्यु, २५ घाइते

Posted on: August 11, 2017 | views: 57 |

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

विष्फोटमा परी मृत्यु हुनेहरू सवैजना पैदलयात्री रहेका बताइएको छ।

सडकको छेउमा विष्फोटक पदार्थ राखेर रिमोर्टमार्फत् लडाकूहरूले विष्फोट गराएको बताइएको छ।

घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ।
अहिलेसम्म घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं