Date:2017/08/22 |Tuesday

अफगानिस्तानमा बम आक्रमणमा १३ सर्वसाधारणको मृत्यु

Posted on: August 12, 2017 | views: 16 |

अफगानिस्तान(एजेन्सी)। अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने आवासीय इलाकामा शुक्रबार राती भएको मोटार्सजडान धराप आक्रमणमा परी कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ।
आवासीय इलाकालक्षित दुई वटा आक्रमणमा परी अन्य तीन जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।
गाँउलेहरुले रक्तपातपूर्ण यो घटनाको पुष्टी गर्दै मृत्यु हुने र घाइतेहरुको विवरण पनि दिएका छन्।
तर बम कसले किन प्रहार गरेको हो भन्ने बारेमा भने अहिलेसम्म पनि उनीहरुले पनि भन्न सकेका छैनन्। सरकारी अधिकारीहरुले पनि घटनामा संलग्न समूहको पुष्टी गर्न सकेको छैन।
उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको बताएका छन्।
गत एक दशकदेखि फार्याब प्रान्तको राजधानी मैमाना तालिवान लडाकूहरुको बलियो प्रभावमा रहेको छ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं