18th January | 2018 | Thursday | 2:00:46 PM

इजिप्टमा रेल दुर्घटना, कम्तीमा ४१ को मृत्यु, १५९ घाइते

  POSTED ON : 2017-08-12 17:26:54

इजिप्टमा रेल दुर्घटना, कम्तीमा ४१ को मृत्यु, १५९ घाइते


इजिप्ट(एजेन्सी)। इजिप्टमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या ४१ पुगेको छ । 

शुक्रबार राति दुई रेल आपसमा जुधेर भएको दुर्घटनामा ४१ जनाको मृत्यु भएको, १२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको र १५९ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा पुर्   याइएका ४८ जना उपचारपश्चात घर फर्किसकेका विज्ञप्तिमा बताइएको छ । 

इजिप्टको ब्यस्त मानिने अलेक्जेन्ड्रिया–कायरो रेलमार्गमा भएको दुर्घटनापछि सुरक्षा अधिकारीहरूले रेलमार्गलाई पूर्णतया रोकेर उद्दारको काम अघि बढाइरहेका छन् । 

काएरोबाट अलेक्जेन्ड्रिया तर्फ हिँडेको एक रेल पोर्टसेडबाट आएको रेलसँग ठक्कर खाँदा भएको दुर्घटनाबारे अनुसन्धान शुरु भएको छ । 

दुई रेलमध्ये एउटाको इन्जिनले काम नगरेपछि लिकमा रोकिएका बेला अर्को रेल आई ठक्कर दिँदा सो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।