Date:2017/11/25 |Saturday

अमेरिका रेल दुर्घटना ४२ घाइते

Posted on: August 22, 2017 | views: 59 |

वासिङ्टन । अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन । 

पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको सो रेल दुर्घटनाग्रस्त भएको थियो । 

उच्च गतिमा आइरहेको यो रेल रोकेर राखेका अर्को एक रेलसँग ठोक्किँदा दुर्घटना भएको थियो । यस घटनामा परी घाइते भएकाहरुको ज्यान जाने अवस्था भने नरहेको र रेडफर्न बताएका छन् । 

मध्य रातपछि भएको यस घटनाको कारण अनुसन्धानरत रहेको पनि उनले जानकारी दिए । रासस /एएफपी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं