18th August | 2018 | Saturday | 12:40:03 PM

सामसुङ कम्पनीका उपाध्यक्षलाई पाँच वर्षको जेल सजाय

  POSTED ON : Saturday, 26 August, 2017 (12:44:28 PM)

सामसुङ कम्पनीका उपाध्यक्षलाई पाँच वर्षको जेल सजाय

सोल  । दक्षिण कोरियाको सर्वोच्च अदालतले सामसुङ कम्पनीका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ ।

दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको सोल जिल्ला अदालतले ठहर गरेको हो । सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप लगोको हो । दक्षिण कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार लीले ५० लाख डलर अनियमितता गरेको अदालतले ठहरसमेत गरेको छ । त्यसैगरी सामसुङका अरू दुईजना कार्यकारीलाई अदालतले चारचार वर्षको जेल सजाय सुनाएको छ । उक्त घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति पार्कमाथि महाभियोग लगाइ पदबाट हटाएको थियो । सरकारी अभियोजनकर्ताहरूले लीलाई १२ वर्ष जेल सजाय दिनुपर्ने अदालतसमक्ष माग गरेका छन् ।

लीले आफूले पैसा दिएको स्वीकार गरिसकेका छन् तर त्यसको बदलामा सरकारी लाभ खोजेको आरोप अस्वीकार गर्दै आएका थिए । एफपी/रासस