27th May | 2018 | Sunday | 6:18:46 AM

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित

  POSTED ON : Saturday, 26 August, 2017 (6:49:51 PM)

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकार सेवास्टिएन गोर्कालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको छ । 

उनले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले शुक्रबार पुष्टि गरेका छन् । 

“सेवास्टिएन गोर्काले राजिनामा दिएका थिएनन्, तर उनले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने भएका छन्,” ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ । छ्यालिस वर्षका गोर्का राष्ट्रपति उप सहायकको रुपमा कार्यरत छन् । रासस÷सिन्ह्वा