18th August | 2018 | Saturday | 12:39:56 PM

चीनमा बाढीपहिरो - दुईको मृत्यु २५ बेपत्ता

  POSTED ON : Monday, 28 August, 2017 (6:28:46 PM)

चीनमा बाढीपहिरो - दुईको मृत्यु २५ बेपत्ता

गोन्जाउ । चीनको गोन्जाउ प्रदेशअन्तर्गत पर्ने ठाउँमा सोमबार गएको पहिरोमा परी कम्तीमा दुईको मृत्यु हुनुको साथै अन्य २५ जना बेपत्ता भएका छन् । 

स्थानीय समयाअनुसार बिहान १०ः४० मा झाङ्गजीआवानका गएको पहिरोमा परी कम्तीमा ३४ वटा घर प्रभावित भएको बेइजिङ प्रचार विभागले जनाएको छ । 

उद्धारकर्ताले पहिरोबाट चार जनालाई जीवितै उद्धार गरेका छन् भने दुई जनाको शव निकालेका छन् । अरु २५ जना अझै पनि हराइरहेकाले खोजी भइरहेको अधिकारीहरुले बताएका छन् । 

नागरिक सहायतासम्बन्धी स्थानीय अधिकारीले त्रिपाल, कपडा र ओच्छ्यानहरु घटनास्थलतर्फ पठाएका छन् । रासस÷सिन्ह्वा