Date:2017/10/17 |Tuesday

युद्धविरामको पालना गर्न आग्रह

Posted on: September 06, 2017 | views: 45 |

संयुक्त राष्ट्रसंघ । पूर्वी युक्रेनमा हालै भएको भनिएको युद्धविरामको पालना गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गरेका छन् । 

उनले गत हप्ता पूर्वी युक्रेनमा भएको सो युद्धविरामको सदुपयोग गरी तथा यसलाई गम्भीरतापूर्वक रुपमा लिएर लागूगर्न सकिएमा शान्तिवार्तका माध्यमबाटै सबै समस्याको समाधान आउने बताए । 

बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरी उनले विभिन्न राजनीतिक पार्टीहरुलाई पनि हाल हिंसाको अन्त्यको लागि आधार बनिरहेको र युद्धविरामका माध्यमबाट नै समस्याको समाधान सहज हुने भएकोले सबैले सोच्नुपर्नेमा पनि जोड दिएका छन् । 

महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ । उक्त वक्तव्यमा भनिएको छ ‘शान्ति स्थापनाका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ, यसतर्फ सबैको ध्यान जाओस् ।’ 

युक्रेनमा गत हप्ता नयाँ युद्धविरामको घोषणा गरिएको थियो । तर युद्धविरामको घोषणा भएसँगै सो क्षेत्रमा पुनः हमलाको समाचार भने आएका छन् । त्यसैले यस युद्धविरामको अवस्थालाई निरन्तरता दिन उनले आग्रह गरेका हुन । 


सो हमलाका कारण केही व्यक्ति घाइते भएका छन् । यस युद्धविरामका लागि फ्रान्स र जर्मनीका अधिकारीहरुले भूमिका निर्वाह गरिरहेका छन् । 

पूर्वी युक्रेनमा गएका केही वर्षदेखि पृथकतावादी नारा सुुरु भएको छ । युक्रेनबाट क्राइमिया भूभाग अलग भएर रसियामा बिलय भएपछि यहाँका नागरिकले पनि आत्मनिर्णयको अधिकारको माग गरेर सो हिंसात्मक आन्दोलन गरेका हुन् । 

तर युक्रेनले भने उक्त भूभागलाई कुनै पनि हालतमा अलग हुन नदिने अडान लिइआएको छ । जसका कारण त्यहाँ सशस्त्र विद्रोह सुरु भएको हो । रासस÷सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं