19th February | 2018 | Monday | 5:24:36 PM

जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट थुनिए

  POSTED ON : Thursday, 07 September, 2017 (1:08:01 PM)

जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट थुनिए


बर्लिन  । झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् ।
“फुङक” मिडिया ग्रुपले गरेको देशभरी गरेको सर्वेक्षण तथा अनुसन्धानबाट भेटिएको विवरणलाई बुधबार सार्वजनिक गरेको हो ।
जर्मनीका सबै क्षेत्रीय न्याय मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा पुगेर विवरणहरू संकलन गर्दा यस्तो भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

जर्मनीको हेस्से, बाभारिआ, उत्तर रहिने पश्चिम फालिआ र बर्लिनका कारागारहरूमा ठूलो संख्यामा इस्लामिस्ट भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
बाभारिआमा मात्रै ५५ जना बन्दी रहेको र उनीहरूले “इस्लामिस्ट एसोसिएसन” गठन पनि गरेका छन् । उनीहरूलाई हिंसाका आधारमा वर्गीकरण गरिएको छ ।
त्यसैगरी उत्तर रहिने पश्चिम फालिआको कारागारमा ४६ जना इस्लामिस्टको गणना गरिएको थियो भने बर्लिनमा ४२ जना र हाम्बर्गमा १२ जना भेटिएका थिए । रासस÷सिन्ह्वा