20th June | 2018 | Wednesday | 11:02:39 AM

पाकिस्तान र अफगानिस्तानका विदेश मन्त्रीबीच भेटवार्ता हुने

  POSTED ON : Thursday, 07 September, 2017 (1:16:09 PM)

पाकिस्तान र अफगानिस्तानका विदेश मन्त्रीबीच भेटवार्ता हुने

इस्लामाबाद । पाकिस्तानका विदेश मन्त्री खवाजा मुहमाद असिफ र उनका अफगान समकक्षी सलाहुद्दिन रब्बानीबीच भेटवार्ता हुने सहमति भएको छ ।
यसै महिनामा अमेरिकाको न्युर्योकमा हुन गइरहेको संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) सत्रमा यी दुईबीच भेटवार्ता हुने बताइएको छ ।
असिफले अफगान विदेश मन्त्रीलाई गर्नुभएको टेलिफोन वार्तामा अफगानिस्तानसँगको सम्बन्धलाई पाकिस्तानले ठूलो महत्व दिएको बताए ।
पाकिस्तान अफगानिस्तानसँग राजनीति, आर्थिक, व्यापार, यातायात र सुरक्षालगायत हरेक क्षेत्रमा सहकार्य गर्नका लागि तयारी अवस्थामा रहेको बताएको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा जानकारी दिइएको छ ।

अफगानिस्तानको शान्ति वार्ता र अफगानिस्तानका शान्ति र स्थायित्वका लागि पनि पाकिस्तानले सदैव समर्थन गर्ने सो विज्ञप्तिमा जनाइएको छ ।
अफगान राष्ट्रपति अस्ररफ घानीले गत शनिबार आफ्नो देश पाकिस्तानसँग विस्तृत वार्ताका लागि तयार भएको विज्ञप्ति प्रकाशित गर्नु भएपछि यसको पाकिस्तानले स्वागत गरेको थियो
राष्ट्रपति घानीले मुस्लिमको पर्व इद उल आजको उपलक्ष्यमा दिइएको एक सन्देशमा पाकिस्तानसँग शान्ति वार्ता अफगानिस्तानको राष्ट्रिय कार्यसूची भएको बताएका थिए ।
पाकिस्तानको विदेश मन्त्री खवाजा मुृहमद सरिफले अफगान राष्ट्रपतिको यस अभियुक्तिको अभिवादन गरेका थिए । पाकिस्तानलाई पनि अफगानिस्तानसँग वार्ताको चाहाना रहेको पनि उनले बताएका छन् ।

‘पाकिस्तानको अफगानिस्तानप्रतिको दृष्टिकोणको विषयमा अफगानिस्तान एकदम प्रष्ट भएको’ हामी अफगानिस्तानमा शान्ति र स्थायित्व देख्न चाहान्छौँ यसका लागि पाकिस्तानले आफ्नो तर्फबाट सक्दो योगदान र सहयोग गर्ने विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको थियो ।
अघि पनि पाकिस्तान र अफगानिस्तानबीच विभिन्न चरणका वार्ता भइसकेको पनि मन्त्री सरिफले बताएका छन् । रासस÷सिन्ह्वा