Date:2017/09/19 |Tuesday

उत्तर कोरियाको विपक्षमा चीन

Posted on: September 07, 2017 | views: 48 |

बेइजिङ् । उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार चीनले राखेको छ । 

चिनियाँ विदेशमन्त्री याङ यीले भने– यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा हाम्रो समर्थन रहने छ । 

उत्तर कोरियाले गरेको पछिल्लो आणविक परीक्षणपछि चीनले यो प्रतिक्रिया दिएको छ । चीनले पनि उक्त आणविक परीक्षणको विरोध गर्दै आएको छ । 

उनले भने– कोरियाली प्रायद्वीपमा नयाँ केही गरियोस र यस्तो आवश्यक कारबाहीमा चीनको समर्थन रहने छ । चीनमा आयोजित पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन् । 

उनको आशय वार्ता गर्नुपर्छ भन्नेमा थियो । पत्रकार सम्मेलनमा उनले अहिले बाहिर आएका नाकाबन्दी वा अन्य दबाबमूलक कार्यक्रमहरु त समस्या समाधानमा आधामात्र हो र अर्काे आधा भनेको उसँगको वार्ता नै हो । 

चीनलाई उत्तर कोरियाको एक सहयोगी देशका रुपमा पश्चिमाहरुले लिने गरेका छन् । उनीहरुको यस्तो प्रतिक्रिया आइरहदा चीनको पनि कोरियासँग वार्ता गर्नुपर्ने धारणा बाहिर आएको छ । रासस÷एएफपी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं