18th February | 2018 | Sunday | 4:17:47 PM

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

  POSTED ON : Friday, 08 September, 2017 (12:45:35 PM)

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

मेक्सिको । मेक्सिको दक्षिणी तटमा विहीबार राती शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी एक सर्भेका अनुसार ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको बताइएको छ ।
अमेरिकी भूगर्भ विभागका अनुसार ३३ किलोमिटर तल केन्द्रविन्दु रहेको भनिएको भूकम्प पछि विभिन्न स्थानमा सुनामी आउने चेतावनी दिइएको छ ।
भूकम्पको विस्तृत  विवरण आउन बाँकी छ ।