Date:2017/10/17 |Tuesday

‘नोबेल पुरस्कार फिर्ता गर्ने प्रावधान छैन’

Posted on: September 08, 2017 | views: 53 |

कोपेनहेगेन । नोबेल शान्ति पुरस्कार वितरण गर्ने अधिकारप्राप्त निकाय, नर्वेली नोबेल इन्स्टिच्युट’ले कुनै एक व्यक्ति वा संस्थालाई एउटा शीर्षकमा दिइएको पुरस्कार फिर्ता गर्न नमिल्ने शुक्रबार बताएको छ । 

म्यानमारमा पछिल्लो समय अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमा भड्किएको हिंसापछि ‘चेन्ज डट ओआरजी’ को पहलमा तीन लाख ८६ हजार नागरिकले आङ्साङ सुकीको नाममा प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने मागसहितको हस्ताक्षर अनलाइनमार्फत् उक्त इन्स्टिच्युटमा पेश गरिएको थियो । 

मागबारे प्रतिक्रिया दिँदै बहुप्रतिष्ठित उक्त निकायले “पुरस्कार स्थापनाकार अलफ्रेड नोबेल वा उहाँले स्थापना गरेको नोबेल प्रतिष्ठानले सम्मान गरिसकेको पुरस्कारलाई रद्द गर्ने कल्पना गरेको छैन” जनाएको छ । 

म्यानमारको सैनिक शासकका विरुद्ध ‘प्रजातन्त्र र मानव अधिकारका लागि अहिंसात्मक सङ्घर्ष’ गरेको भन्दै सुकीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । 

म्यानमारमा सन् २०१२ मा भएको पहिलो स्वतन्त्र निर्वाचनमा अत्यधिक बहुमतले सुकीको दलले मत पाएपछि उनि त्यहाँको प्रभावशाली नेतृका रूपमा रहँदै आएकी छन् । रासस÷ एपी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं