Date:2017/09/19 |Tuesday

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

Posted on: September 09, 2017 | views: 30 |

चैपास । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । 

दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन । 

बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरहरुबाट बाहिर भागेर खुल्ला सडकमा पुग्न सफल भएका थिए । 

मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरु मध्ये चिनियाँ नागरिक नपरेको जनाएको छ । 

एक जना स्थानीयले भने, “भूकम्प गएको बेला मैले बेलुकाको खाना खाईरहेको थिए । म तत्काल घर बाहिर दौडिएँ, त्यहाँ सडकमा एक सय भन्दा बढी मानिस आईसकेका थिए । ती मध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए ।” उनले थपे, भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भयो, अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए, रातभरी उनीहरु त्यसैमा सुते । 

भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएको छ । 

मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले शुक्रबार राती टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताए । 

मृत्यु भएका मध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र चार जना ताबास्को राज्यका रहेका जनाइएको छ । 

मेक्सिकोमा केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन । एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं