Date:2017/09/19 |Tuesday

लडाकूद्वारा ३५ अफगानी नागरिकको अपहरण

Posted on: September 11, 2017 | views: 39 |

सेबेर । अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले आइतबार बताएका छन् ।
आइएस र तालिवानसँग आवद्ध लडाकूले दार्जब जिल्लाको कुसटिपा भन्ने ठाउँमा सुरक्षा परीक्षण केन्द्र स्थापना गरी सो बाटो भएर हिड्दै गरेका ३५ जना सर्वसाधारण गाउँलेलाई अपहरण गरेका उनीहरूले बताए ।
अफगान सेनाका २०९औँ शाहिन क्रप्सका सञ्चार अधिकारी नस्स्रातुल्लाह जामसिदीले घटनाको पुष्टी गरेका छन् ।
अफगानिस्तानमा तालिवान आन्दोलन कुनै समय शान्त रहेको उत्तरी अफगानिस्तानको यसै क्षेत्रबाट शुरु भएको थियो । रासस÷सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं