19th February | 2018 | Monday | 5:25:11 PM

झडपमा तीस तालिवान लडाकू मारिए

  POSTED ON : Monday, 11 September, 2017 (7:05:20 PM)

झडपमा तीस तालिवान लडाकू मारिए

पारुन । अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा सरकारी बल र तालिवान समर्थक लडाकूबीच भएको झडपमा परी ३० भन्दा बढी तालिवान आतंककारी मारिएका वरिष्ठ प्रान्तीय अधिकारीले सोमबार जानकारी दिएका छन् । 

नुरिस्तान प्रान्तको अशान्त जिल्ला बार्ग ई मतालमा सोमबार बिहान भएको यस झडपमा करिब ३० तालिवान आतंककारी मारिएका छन् भने तीन सुरक्षा अधिकारी घाइते भएका प्रान्तीय गभर्नर हाजिफ अब्दुल कयुमले जानकारी दिए । रासस÷सिन्हवा