22nd July | 2018 | Sunday | 10:36:59 PM

टर्कीमा ‘कू’का विरुद्ध अझै कारबाही जारी

  POSTED ON : Tuesday, 12 September, 2017 (6:47:31 PM)

टर्कीमा ‘कू’का विरुद्ध अझै कारबाही जारी

आङ्करा । टर्कीमा यहाँको गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ व्यक्तिलाई पक्राउ सूचना जारी गरिएको छ । 

टर्कीका सरकारी सञ्चार माध्यमले सो जानकारी दिएका छन् । 

सरकारी समाचार समिति अनाडोलुले मङ्गलबार टर्की सरकारले ती कर्मचारीलाई पक्राउका लागि पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको हो । 

यहाँको सरकारले उसका विरुद्ध गत वर्ष गरिएको कूको प्रयासका विरुद्धमा त्यसमा संलग्नताको आशङ्का देखाउँदै हजारौँ नागरिकलाई पक्राउ गरिसकेको छ । रासस÷एपी