Date:2017/09/26 |Tuesday

आन्तरिक रुपमा विस्थापित रोहिङ्गा घर फर्किन थाले

Posted on: September 14, 2017 | views: 46 |

यांगुन । केही दिनयतादेखि विस्थापित भएका म्यानमारको उत्तरी राज्य राखिनमा अवस्थित मुस्लिम रोहिङ्गा समुदायका नागरिक घर फर्किन थालेको समाचार छ । 

म्यानमार सरकारलाई उद्धृतगर्दै यहाँको सरकारी पत्रिका ग्लोबल न्यु लाइटले दिएको जानकारीअुनसार हालैको विद्रोहका कारण यहाँबाट विस्थापित भएर बसेका ती नागरिक घर फर्किन थालेका हुन् । 

उक्त पत्रिकाका अनुसार ४ हजार २२० जना रोहिङ्गा समुदायका नागरिक आ आफ्नो घर फर्र्िकएका हुन् । उनीहरुलाई घर फर्किनलाई म्यानमारका सुरक्षार्कीहरुले सहयोग गरेका थिए । 

सरकारी सुरक्षाकर्मीले नै सुरक्षा दिएर उनीहरुलाई विभिन्न गाँउबाट आफ्नो घर फर्काएको सो पत्रिकाले बिहीबारको संस्करणमा जनाएको छ । 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकाका पाँच भन्दा बढी गाउँमा पुगेका बताइएको छ । 

प्राप्त समाचारअनुसार उनीहरुलाई ती विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार समेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था यहीँ पनि दयनीय रहेको समाचार यसअघि नै आएको थियो । 

गएको अगष्ट २५ तारिखदेखि उक्त राज्यमा रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ । 

सो विवादका कारण रोहिङगाले देश समेत छोडेका छन् । जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ । यसै कारण सरकारको विश्वव्यापी रुपमा आलोचना पनि भएको छ । 

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ । 

यसरी सेनाले गाउलेमाथि नै आक्रमण गर्न थालेपछि म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बङ्गलादेशसम्म पुगेका छन् । 

उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पारगर्ने क्रममा ज्यान पनि जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । तर सङ्ख्या भने स्पष्ट छैन । 

उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ । 

म्यानमार सरकारले यसरी विस्थापित भएर बङ्गलादेश पुगेका नागरिकलाई पनि स्वदेश फर्किन आग्रह गरेको छ । म्यानमार सरकारले हल्लाको पछि नलाग्न र आफ्नो देश फर्किन बङ्गलादेश पुगेका आफ्ना नागरिकलाई आग्रह गरेको छ । एजेन्सी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं