Date:2017/10/17 |Tuesday

अमेरिकाआवद्ध हवाई हमलामा ४५ जनाको मृत्यु

Posted on: October 05, 2017 | views: 89 |

दमासकस । इस्लामिक स्टेट्स (आईएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन् । 

अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन् । आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आतंकवादीहरू बस्ने गरेको भवनहरूमा आक्रमण गरेको थियो । 

पछिल्लो समयमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले शृङ्खलाबद्ध आक्रमण बढाउँदै लगेको छ । हवाई आक्रमण बढ्दै गर्दा दैनिक रूपमा मृत्यु हुने नागरिकको संख्यामा पनि वृद्धि भएको अधिकारीहरूले बताएका छन् । 

सिरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघलाई पत्राचार गर्दै अमेरिकी नेतृत्वको गठबन्धन सेनाबाट भएको ‘अपराध’ रोक्न विश्व समुदायलाई आह्वान गरेको छ । रासस/सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं