Date:2017/10/17 |Tuesday

थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा रहेको पुष्टी

Posted on: October 05, 2017 | views: 46 |

बैंकक । थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको समाचार छ । 

थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो समाचारको पुष्टी गरेको राजधानी बैंककबाट प्राप्त समाचारमा जनाइएको छ । 

बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए । उनले थाई विदेश मन्त्रालयले प्रारम्भिक जानकारीमा सो कुरा पत्ता लागेको र उनले हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेको बताए । 

पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वाेच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो । सोही बेला उनि अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले जनाएका छन् । 

पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो । 

अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उनि अनुपस्थित थिइन । 

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । 

त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ । उनि सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बनेकी थिइन । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएकी थिइन । 

तर उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उनलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं