Date:2017/12/17 |Sunday

हवाई कारबाहीका क्रममा १४ सर्वसाधारण मारिए

Posted on: October 06, 2017 | views: 81 |

बेरुत ।पूर्वी सिरियाली सहर मयादिनमा रुसी सेनाको हवाई कारबाहीका क्रममा १४ जना सर्वसाधारण मारिएका छन् । 

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले शुक्रबार जानकारी दिएको छ । रुसी सेनाले त्यहाँ जिहादीहरुका विरुद्ध हवाई कारबाही गर्ने गरेको छ । 

जिहादीहरुको बलियो प्रभाव रहेको युफेरटस् नदी पार गर्न लागेका सर्वसाधारण सो आक्रमणको शिकार भएका उक्त अधिकारवादी संस्थाले जनाएको छ । 

सो संस्थाका निर्देशक रामी अब्दुलका अनुसार यस आक्रमणमा तीन जना बालबालिका समेत मारिएका छन् । 

रुसको नेतृत्वमा भएको यो हवाई आक्रमण रातभर जारी थियो । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ । 

यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ । 

लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैले आफ्नै देशमा र छिमेकी देशहरुमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं