22nd July | 2018 | Sunday | 10:22:10 PM

बस र रेल ठोक्किदा १९ को मृत्यु

  POSTED ON : Friday, 06 October, 2017 (7:21:01 PM)

बस र रेल ठोक्किदा १९ को मृत्यु

मस्को । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । 

रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए । 

यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । स्थानीय समायाअनुसार शुक्रबार बिहानीपख करिब साढे ३ बजे सो दुर्घटना भएको थियो । 

प्राप्त पछिल्लो समाचार अनुसार उक्त दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य सेवाका प्रमुख एलेस्एन्ड्रे किर्युखिनले तास समाचार समितिलाई बताए । 

गृह मन्त्रालयले प्रकाशित गरेको एक विज्ञप्तिअनुसार यस दुर्घटनामा परी मारिएका व्यक्तिहरुमा बस र रेल दुबैका यात्रुहरु रहेका छन् । रासस÷एएफपी