22nd July | 2018 | Sunday | 12:31:30 PM

हवाई कारबाहीमा १२० आइएस लडाकू र साठी सैनिक मारिए

  POSTED ON : Saturday, 07 October, 2017 (6:05:04 PM)

हवाई कारबाहीमा १२० आइएस लडाकू र साठी सैनिक मारिए

मस्को । सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन् । 

रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ । 

मायाडिन क्षेत्रमा इस्लामिक स्टेट्समा एक कमाण्डरसहित ८० जना लडाकूहरु मारिएका छन् । 

त्यसैगरी थप ४० जना आइएस लडाकू अबु अमाल क्षेत्र वरिपरी मारिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ । 

यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ । 

लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैले आफ्नै देशमा र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस/एफपी