22nd July | 2018 | Sunday | 10:21:04 PM

टर्की प्रमुखसहित १० जनालाई आतङ्कवादी समूहलाई सघाएको आरोप

  POSTED ON : Monday, 09 October, 2017 (10:37:43 AM)

टर्की प्रमुखसहित १० जनालाई आतङ्कवादी समूहलाई सघाएको आरोप


इस्तानबुल, टर्की । टर्कीका दण्डाधिकारी (अभियोजक)ले एम्नेस्टी इन्टरनेशनलका टर्की प्रमुखसहित १० जना अधिकारकर्मीलाई आतङ्ककारी भएको वा आतङ्ककारीलाई सघाएको आरोप लगाएका छन् ।
टर्कीको अनादोलु न्यूज एजेन्सीले अभियोजकहरूलाई उद्धृत गर्दै ११ जना मानव अधिकारकर्मीमाथिको अनुसन्धान पूरा भएको तर सुनुवाई भने हुन बाँकी रहेको जनाएको छ ।
उनीहरूलाई यही जुलाईमा इश्तनबुलमा एक कार्यक्रम गरिरहेको स्थानबाट सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको थियो ।
उनीहरूमाथि शसस्त्र आतङ्कवादी संगठन तथा कुर्दिस तथा वामपन्थी आन्दोलनका लडाकूलाई अमेरिकामा स्वघोषित निर्वासनमा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनसँगको सहकार्यमा सहयोग पु¥याउदै आएका आरोपमा पक्राउ गरिएको थियो । रासस÷एपी