Date:2017/12/17 |Sunday

जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

Posted on: October 10, 2017 | views: 62 |

जेरुसेलम । प्यालेस्टाईन र इजरायलका दशौं हजार महिलाले दुई देशकाबीचमा शान्ति सम्झौताको माग गर्दै आइतबार जेरुसेलममा सडक प्रदर्शन गरेका छन् ।
जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै तीस हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् ।
‘वमेन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको उनीहरूको आन्दोलनको पछिल्लो कार्यक्रम हो ।
उनीहरूले गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक कार्यक्रमहरू गर्दै आइरहेका छन् ।
दक्षिणी सहर स्डेरोटबाट सुरु भएको सो विशाल ¥यालीले विभिन्न ठाँउहरू पार गर्दै वेस्टव्याङ सम्म ढाकेको थियो ।
वेमेन वेज पिस गत तीन बर्ष अगाडी स्थापना भएको हो । यस्ले इजरायल र प्यालेस्टाइनबीचको रक्तपातपूर्ण द्वन्द्व अन्त्यका लागि दुई देशकाबीचमा शान्ति सम्झौता गर्न माग गर्दै आइरहेको छ ।
यसमा झण्डै २४ हजार जना सदस्य रहेका छन् । उनीहरूले शान्ति सम्झौता नभएसम्म आफ्नो अभियानलाई नरोक्ने दावी गरेका छन् । रासस÷सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं