Date:2017/12/14 |Thursday

कैदीहरूबीच झडप हुँदा तेह्रको मृत्यु

Posted on: October 12, 2017 | views: 73 |

मेक्सिको सिटी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूह बीच झडप भएको जानकारी दिएका छन् ।
सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौँको मृत्यु भइसकेको उनले बताए ।
पत्रकार सम्मेलनमा प्रवक्ता फास्कीले घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताए ।
प्रहरीका अनुसार अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान गर्न सकेको छैन । घटना भएको कारागार अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारी उच्च अधिकारीहरूले कारागारको पुनःनिर्माणका लागि आवश्यक निर्देशन दिइसकेको बताएका छन् ।
यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी चार जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए । रासस÷सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं