Date:2017/10/20 |Friday

बङ्गलादेशमा पाँच लाख ३६ हजार रोहिङ्गा शरणार्थी

Posted on: October 13, 2017 | views: 42 |

संयुक्त राष्ट्रसंघ । म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार पुगेको छ । 

गएको दुई दिनमा मात्र १४ हजार रोहिङ्गा मुसलमान बङ्गलादेश पुगेका राष्ट्रसंघले जनाएको छ । यो सँगै बङ्गलादेश पुगेका शरणार्थीहरु ५ लाख ३६ हजार पुगेको बिहीबार संयुक्त राष्ट्रसंघका प्रवक्ताले जानकारी दिएका । 

संयुक्त राष्ट्रसंघका प्रवक्ता फारहान हकले संयुक्तराष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फाल्टम्यानले शुक्रबार म्यानमारमका अधिकारीहरुसँग भेटवार्ता गर्ने बताएका टन् । 

उनि आउदो मङ्गलबारसम्म म्यानमारमा रहने र यस विषयमा आवश्यक परामर्श गर्ने पनि जानकारी दिएको समाचारमा जनाइएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले म्यानमारको राखिन राज्यमा सैनिक कारबाहीका कारण उत्पन्न द्वन्द्वको अन्त्यका लागि बारम्बार आग्रह गर्नुभएको पनि हकले बताएका छन् । 

द्वन्द्व अन्त्य भएको खण्डमा शरणार्थीहरु आफ्नो देश फर्किन पाउने भएकोले सो वातावरण निर्माणमा संयुक्त राष्ट्रसंघ लाग्ने पनि हकले बताए । 

म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिङ्गा मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन् । 

सरकारी सैनिकको दमनको कारण ती रोहिङ्गा मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाई रहेको छ । तर सरकारले यस प्रकारको दमन नभएको दावी गर्दै आएको छ । 

बङ्गलादेशको कोक्स बजारमा निकै थोरै क्षेत्र र शिवीरहरुमा ती शरणार्थीहरु बस्दै आएका छन् । उनीहरुलाई खाना र आवश्यक आधारभूत आवश्यकताको पनि पूर्ति हुन सकिरहेको छैन । 

यसैबीच प्रवक्ता हकले दिएको अर्काे एक जानकारीअनुसार संयुक्त राष्ट्रसंघीय बालकोष र बङ्गलादेश सरकारले शुक्रबार नै यहाँका बालबालिकाका लागि कम्तीमा पनि १० हजार वटा चर्पी निर्माणका लागि सहमति गरेका छन् । 

शरणार्थी शिवीरहरुमा पानीको प्रबन्ध हुन नसकेको र यसका कारण पानीजन्य रोगहरुको प्रकोप पनि बढ्दो देखिएकोले यसप्रति दाता र राष्ट्रसंघको ध्यानाकर्षण अधिकारकर्मीहरुले गर्दै आएका थिए । रासस÷सिन्ह्वा



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं