Date:2017/11/23 |Thursday

राष्ट्रपति ट्रम्प मनिला पुगे, ट्रम्प विरुद्ध कडा नाराबाजी

Posted on: November 13, 2017 | views: 26 |

मनिला । एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार फिलिपिन्स पुग्नुभएको समाचार छ । 

उनी  सोमबार बिहान मनिला पुग्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वागत गरेका थिए । राष्ट्रपति डुटेर्ते फिलिपिन्समा लागूऔषधको अवैध ओसारपसारसम्बन्धी कानूनमा विवादमा पारेका छन् । 

उनले यस्ता काममा संलग्नलाई प्रहरीले सिधै गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिने कानून ल्याएपछि अधिकारवादीहरुले यसलाई अधिनायकवादी कानून भनी विरोध गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्प र एसियाका १८ देशका नेताहरु मनिलामा दुई दिनसम्म सञ्चालन हुने एसियाली सम्मेलनमा सहभागी हुने छन् । सो सम्मेलनमा सहभागिताका लागि अन्य देशका नेताहरु पनि त्यहाँ पुगेका छन् । 

कतिपय अधिकारवादीहरुले राष्ट्रपति ट्रम्पले डुटेर्तेको सो कडा कानूनको विरोध गरिदिउन् भन्ने चाहान्छन् । उनीहरुले राष्ट्रपति ट्रम्पले अधिकारवादीका पक्षमा केही बोलिदिउन् भन्ने चाहना पनि राखेका छन् । 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार राजधानी मनिलामा कडा सुरक्षाकाबीच पनि राष्ट्रपति ट्रम्पका विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्पका विरुद्धमा नाराबाजी गरेका थिए । 

दर्जनौँ प्रदर्शनकारीलाई फिलिपिन्स प्रहरीले पक्राउ गरेको छ । सो प्रदर्शनले आजै मनिला आइपुग्ने कतिपय देशका नेताहरुलाई पनि प्रभाव परेको बताइएको छ । रासस÷एएफपी


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं