16th December | 2018 | Sunday | 7:29:42 PM

प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

  POSTED ON : Tuesday, 14 November, 2017 (1:04:32 PM)

प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ । 

प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी २२ प्रहरी अधिकारीको मृत्यु भएको छ । त्यस हमलापछि प्रहरीले गरेको प्रतिरक्षा आक्रमणमा ४५ आतङ्ककारी मारिएका छन् । 

त्यसैगरी सो आक्रमणमा परी अन्य १५ प्रहरी र ३५ आतङ्ककारी घाइते भएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस÷सिन्ह्वा 


Views: 51