Date:2017/12/14 |Thursday

दक्षिणी थाइल्याण्डमा वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित

Posted on: December 06, 2017 | views: 40 |

थाइल्याण्ड । थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी बर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको थाइल्याण्डको विपद् रोकथाम तथा नियन्त्रण विभागले जनाएको छ । 

वाढीका कारण करिब नौ लाख मानिस प्रभावित भएको विभागले जनाएको छ । विभागका महानिर्देशक चायापोल थितिसकले भन्े, थाइल्याण्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको बर्षाका कारण मुलुकका ९६ लाख एक सय २६ जना प्रभावित भएका छन् भने बाढीमा डुबेर १५ जनाको मृत्यु भएको छ । 

बाढीका कारण नौ प्रान्तका अझै चर हजार पँच सय ९० गाउँहरू डुवानमा रहेका छन् भने बाढीबाट अधिकांश गाउँहरू राज्यको सेवा तथा सम्पर्कबाट विच्छेद भएका थितिसकले बताए । सोमबार देखि बर्षा केही कम भएको छ । रासस÷सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं