18th August | 2018 | Saturday | 11:36:42 PM

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने

  POSTED ON : Wednesday, 06 December, 2017 (6:56:54 PM)

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने

बेइजिङ । चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिन लागेका छन् । 

आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन देशको विदेश मन्त्रीबीचको यो १५ औँ छलफल हो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले बुधबार सो जानकारी दिनुभएको छ । यस छलफलका क्रममा विदेश मन्त्रीहरूले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय मुद्दामा विचार आदानप्रदानलगायत एक आपसमा सहयोग र सहकार्यको विषयमा वार्ता हुने बताइएको छ । सिन्ह्वा