Date:2017/12/14 |Thursday

ट्रक र भ्यान ठोक्किदा नौको मृत्यु

Posted on: December 07, 2017 | views: 16 |

नयाँ दिल्ली । भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ । 

यस दुर्घटनामा परी अन्य चार जना घाइते भएका प्रहरीले बिहीबार जानकारी दिएको छ । 

भारतीय सहर चेन्नाईबाट तीन सय किलोमिटर टाढा रहेको एक सडकमा सो दुर्घटना भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

यस दुर्घटनामा परी मृत्यु भएकामा तीन जना बालबालिका र दुई महिला रहेका छन् । यी सबैको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । 

दुर्घटनामा घाइते भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराइएको छ । यस दुर्घटनाको अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन् । 

दुर्घटनापछि ट्रक चालक भने त्यहाँबाट फरार भएको बताइएको छ । भारतमा विश्वको तुलनामा सडक दुर्घटनाको सङ्ख्या बढी रहेको छ । 

दुर्घटनाको कारणमा नाजुक अवस्थामा रहेको सडक, मर्मत संभारको कमी र चालकको लापरवाही रहेको सम्बन्धित अधिकारीहरुको भनाइ रहेको छ । सिन्ह्वा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं