19th July | 2018 | Thursday | 1:48:35 PM

भारतको मुम्बई सहरमा आगलागीबाट बाह्रको मृत्यु

  POSTED ON : Tuesday, 19 December, 2017 (11:32:40 AM)

भारतको मुम्बई सहरमा आगलागीबाट बाह्रको मृत्यु

नयाँ दिल्ली । भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बई सहरमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ । 

मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट सो आगलागी सुरु भएको थियो । 

सो पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस घटनामा घाइते भएका व्यक्तिहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । हैयौँ व्यक्ति नराम्ररी जलेका छन् । 


प्रहरीले आगलागीबाट ध्वस्त भएको यस भवनको भग्नावशेषमा अझै पनि ६ जना व्यक्ति पुरिएको जनाएको छ । 

यहाँका अग्निनियन्त्रणसम्बन्धी सरकारी अधिकारीहरुले आगो अहिले नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । 

यस घटनाको अनुसन्धान सुरु गर्न सरकारले सम्बन्धित अधिकारीहरुलाई आदेश दिएको छ । मुम्बईमा घर भत्किने, आगलागी हुने घटनाहरु निकै हुने गरेका छन् । 

सिन्ह्वा