19th January | 2018 | Friday | 11:23:33 AM

अमेरिकी उपराष्ट्रपति अफगानिस्तान भ्रमणमा

  POSTED ON : 2017-12-22 11:06:11

अमेरिकी उपराष्ट्रपति अफगानिस्तान भ्रमणमा

काबुल । अमेरिकाका उपराष्ट्रपति मिक पिन्स क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकी सैनिकसँग भेटघाटका लागि अफगानिस्तान पुगेका छन् । 

भ्रमणको क्रममा उप राष्ट्रपति पिन्सले बिहीबार राति अफगान राष्ट्रपति असरफ घानीसँग भेटघाट गरी विभिन्न पक्षमा छलफल गर्नुभएको एक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ । 

उनीहरुबीच काबुल र वासिङटनबीचको सामरिक साझेदारी, अफगानिस्तानको सुरक्षा लगायतका उपयोगी विषयमा छलफल भएको बताइएको छ । 

आतङ्कवादले तहसनहस पारेको देश अफगानिस्तानमा उच्चस्तरीय विदेशी अधिकारीहरु अघोषित रुपमा भ्रमण गर्ने गर्दछन् ।