19th January | 2018 | Friday | 11:20:01 AM

पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो

  POSTED ON : 2017-12-23 09:44:19

पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँदिल्ली । भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ । 

राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो । 

तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर तीन मिटर माथीबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । 

बसमा ५० जना यात्रु रहेका थिए । उनीमध्ये केही अझै हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ । 

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था बढी चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । 

घटनाको कारणका बारेमा अहिलेसम्म स्पष्ट भइनसकेपनि अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको छ । 

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि १६० किलोमिटर टाढा पर्दछ । भारत विश्वको तुलनामा नै धेरै सडक दुर्घटना हुने देशको रुपमा पर्दछ । 

सडक दुर्घटना कै कारण भारतमा हरेक वर्ष झण्डै एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको सरकारी तथ्याङ्कले देखाएको छ । 

सडकको नाजुक अवस्था, राम्रोसँग मर्मत नगरिएका सवारी सधान, चालकको लापर्वाही र ट्राफिक नियमको उलङ्घनलगायतका कारणले धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् । 

एएफपी