19th January | 2018 | Friday | 11:11:22 AM

सडक दुर्घटनामा सातको मृत्यु

  POSTED ON : 2017-12-28 10:01:22

सडक दुर्घटनामा सातको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

सो राज्यको नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिएको थियो । उक्त रिक्सामा रहेका यात्रुको मृत्यु भएको बताइएको छ । 

अटोरिक्सामा रहेका सबैजना अर्थात चालकसहित सात व्यक्तिको मृत्यु भएको प्रहरी समाचारमा जनाइएको छ । 

ती यात्रुहरु सो अटोरिक्सामा उक्त दुर्घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको एक मेलामा जान लागेका थिए । 

प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले क्षमता भन्दाबढी सङ्ख्यामा रहेको अटोरिक्सालाई ठक्कर दिएपछि चालकले नियन्त्रण गुमाएका थिए । 

भारतमा विश्वका अन्य देशहरुको तुलनामा सडक दुर्घटना बढी हुने गरेको पाइन्छ । सडक मर्मत सम्भारको कमी र चालकको लापरवाही लगायतका कारणले यहाँ बढी नै दुर्घटना हुने गरेको बताइन्छ । 

सिन्ह्वा