26th April | 2018 | Thursday | 2:55:22 AM

आठ हजार पटक भूकम्पका धक्का

  POSTED ON : Saturday, 06 January, 2018 (3:55:40 PM)

आठ हजार पटक भूकम्पका धक्का

सान्टीयागो (रासस÷सिन्हवा) । चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । उक्त संख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्का धेरै आउने गर्दछन् ।

भूकम्प गएको यो संख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्रतिशतले बढी भएको पनि उक्त केन्द्रले बताएको छ । चिली विश्वको तुलनामा बढी नै भूकम्प जाने देशमा पर्दछ । चिलीमा सन् २०१५ मा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।