22nd September | 2018 | Saturday | 5:31:48 PM

उच्च अधिकारी गोली लागी गम्भीर घाइते

  POSTED ON : Wednesday, 10 January, 2018 (12:18:14 PM)

उच्च अधिकारी गोली लागी गम्भीर घाइते

गाजा सिटी । (रासस÷एएफपी) : इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उनकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते बनेका छन् । 


स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् । 


हमासका प्रवक्ता फाउजी बारहोमले भने, “हमासको सर्वोच्च राजनैतिक निकायका पूर्व सदस्य इमाद अल–अलामीलाई घरभित्र आफ्नो व्यक्तिगत हतियार खोजीरहेको समयमा गोली लागेको र उहाँको गम्भीर अवस्थामा गाजास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।” 


अल अलामीको घटनाका बिषय बृहत् रूपमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 


Views: 46