20th June | 2018 | Wednesday | 3:14:08 PM

राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना

  POSTED ON : Friday, 12 January, 2018 (11:16:39 AM)

राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी मुलुकबाट अमेरिका पुगेका आप्रवासीहरुलाई अपशब्द प्रयोग गरी अपमान गरेको भन्दै अन्तर्रा्ष्ट्रिय जगतले आलोचना गरेको छ ।

 राष्ट्रपति ट्रम्पले दुईदलीय सहमतिका आधारमा ल्याइएको आप्रवासन सम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा हाइटी र अफ्रिकी राष्ट्रबारे अपमानजनक भाषा प्रयोग गरेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइटी  एल साल्भाडोर र अन्य अफ्रिकी मुलुकबाट अमेरिका पुगेका आप्रवासीहरुलाई अपशब्द प्रयोग गरी अपमान गरेकोप्रति बैठकमा उपस्थित सांसदहरुले नै आश्चर्य प्रकट गरेका थिए । 

ट्रम्पले प्रयोग गरेको अशिष्ट र अपमानजनक भाषाप्रति अहिले अन्तर्रा्ष्ट्रिय जगतमा आलोचना भइरहेको छ ।