Date:2018/01/16 |Tuesday

ट्रम्पले माफी माग्नुपर्छः अफ्रिकी संघ

Posted on: January 13, 2018 | views: 56 |

एजेन्सी । अफ्रिकी संघ (एयु) ले अफ्रिकी मुलुकहरूलाई प्रयोग गरेको भनिएको अपमानजनक भाषाबारे क्षमायाचना गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग माग गरेको छ।

संयुक्त राज्य अमेरिकास्थित एयु नियोगले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पको अभिव्यक्तिप्रति आक्रोश र क्षोभ प्रकट गरेको छ।

उसले विविधता र व्यक्तिको स्वाभिमानलाई सम्मान गर्ने अमेरिकी मान्यताको ट्रम्पले अपमान गरेको जनाएको छ।

आप्रवासनबारे कंग्रेसका सदस्यहरूसँगको बिहीवार एउटा बैठकमा ट्रम्पले पछिल्लो टिप्पणी गरेको बताइएको छ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं