18th August | 2018 | Saturday | 11:36:25 PM

बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

  POSTED ON : Friday, 09 February, 2018 (9:29:18 AM)

बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

ढाका । बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । 

भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो । 

कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् । 

अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ । 

बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भने, “उहाँ (खालिदा जिया)लाई बिहीबार नै जेलमा लगिनेछ ।” 

उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताए । 

खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बन्नु भएको थियो । 

जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफु र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाएकी छिन् । 

रासस÷सिन्ह्वा