19th August | 2018 | Sunday | 9:14:12 PM

सिरियामा ३६ जना मारिए

  POSTED ON : Friday, 09 February, 2018 (9:32:41 AM)

सिरियामा ३६ जना मारिए

बेरुत । विद्रोहीको नियन्त्रण रहेको मानिने सिरियाको दमास्कस नजिकै पर्ने गोटामा भएको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ । 

सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका छन् । 


युद्धक विमानले सिरियाली विद्रोही समूहलाई लक्षित गरी राजधानीदेखि पूर्वतर्फ गत चार दिनदेखि लगातार आक्रमण गरिरहेका छन् । 


‘सिरियन अब्जरभेटरी फर ह्युमन राईटस’ले कम्तिमा छ ठाउँमा हवाई आक्रमण भएको जानकारी दिएको छ । 


बिहीबार मारिएकामध्ये दश बालबालिका र सात महिला रहेका छन् । गत सोमबार देखि अहिले सम्म १८५ जना आम नागरिक मारिएको बेलायतमा कार्यालय रहेको उक्त मानव अधिकारवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए । रासस÷एएफपी