16th December | 2018 | Sunday | 5:46:48 PM

विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु

  POSTED ON : Tuesday, 13 March, 2018 (1:47:02 PM)

विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु


बगदाद । इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको समाचार छ । 


उक्त धराप इस्लामिक स्टेट (आईएस) ले थापेको जनाइएको छ । धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । 


आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका बेला सोमबार राति सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । 


हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको बाहिनीका १८ जना अर्धसैनिकको मृत्यु भएको पुष्टि गरेका छन् । 


धरापमा परी उक्त बलका आठवटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फ भएको कुनै क्षतिका बारेमा भने कुनै पनि जानकारी नआएको अधिकारीहरूले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । रासस÷सिन्ह्वा


Views: 8