16th December | 2018 | Sunday | 7:01:52 PM

जङ्गल भएको आगलागीमा दश जनाको मृत्यु

  POSTED ON : Tuesday, 13 March, 2018 (6:02:17 PM)

जङ्गल भएको आगलागीमा दश जनाको मृत्यु

नयाँ दिल्ली । दक्षिण भारतीय राज्य तामिल नाडूको एक जङ्गलमा भएको आगलागीमा परी ज्यान गुमाउने व्यक्तिको संख्या १० पुगेको छ । 

केही दिनयतादेखि जारी रहेको सो डढेलोमा परी ज्यान जानेको संख्या १० पुगेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 

उक्त जंगलमा आइतबारबाट आगलागी सुरु भएको हो । आगलगी सुरु भएको सो समयमा एक विश्वविद्यालयका ४० जना विद्यार्थी पनि सोही जंगलमा पदयात्रामा गएका थिए । 

उनीहरुलाई भने उद्वार गरिएको छ । सो जंगलको डढेलो निभाउन ठूलो प्रयास भइरहेको छ । रासस÷सिन्ह्वा


Views: 14