22nd July | 2018 | Sunday | 3:02:29 AM

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

  POSTED ON : Monday, 09 April, 2018 (7:18:05 PM)

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

बाओ, चीन । बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वा्चित भएका छन् । 

सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गरेका हुन् । फुकुदा यसअघि अध्यक्ष थिए । 

चीनका उपविदेशमन्त्री लि बाओडोङ सो फोरमको महासचिवमा नियुक्त भएको अधिकारीहरुले जनाएका छन् । 

उनीहरुसँगै बिएफएको बोर्ड सदस्यमा १९ जना निर्वा्चित भएका छन् । निर्वा्चित अन्य व्यक्ति पनि विश्वकै र एसियामै प्रभावशाली पूर्व सरकारी उच्च अधिकारीहरु, व्यवसायीक नेताहरु र प्रख्यात तथा प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । 

बिएफए सन् २००१ मा स्थापना भएको गैरसरकारी र गैर नाफामूलक अन्तर्रा्ष्ट्रिय संस्था हो । जसले क्षेत्रीय अर्थतन्त्र सुधार र विकासका लक्ष्य पूरा गर्नका लागि एसियाली देशहरुलाई सघाउने गर्दछ 

। 

यस वर्षको बिएफएको सम्मेलन यही अप्रिल ८ देखि ११ सम्म चीनको बाओमा चलिरहेको छ । बाओ चीनको दक्षिण द्विप प्रान्त हैनान सहर हो । 

यो सम्मेलनको यस पटकको मूलनारा “विश्वकै समृद्धिका लागि खुल्ला र नविन एसिया” रहेको छ । रासस÷सिन्ह्वा